arrow

गुल्मी १ मा चन्द्र भण्डारी, प्रदीप ज्ञवालीसँग लिए बदला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
gulmi-1.jpg

तम्घास । गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी विजयी भएका छन् । उनले नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई पराजित गरे । 

चन्द्र भण्डारीले ३३ हजार ७४४ मत पाए भने ज्ञवालीले ३२ हजार १५२ मत मात्रै पाए । भण्डारी १ हजार ५९२ मतान्तरले विजयी भएका हुन् । 

२०७४ सालको निर्वाचनमा भण्डारी ज्ञवालीसँगै पराजित भएका थिए । त्यसअघिको निर्वाचनमा भने भण्डारीले ज्ञवालीलाई हराएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारीले भने १ हजार ८८२ मात्र मत पाए । १ लाख १९ हजार २८८ मतदाता रहेको गुल्मी १ मा ७० हजार ४८९ मत खसेको थियो । जसमा १ हजार ८२५ म तबदर भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ