arrow

परमेश्वर हराउँदै ठाकुर प्रदेशसभामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
thakur.jpg

जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर-३ (ख) बाट नेकपा एमालेका दिपेन्द्र कुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित भएको छ।

आफ्ना निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार परमेश्वर साहलाई १ हजार ४०३ मतान्तरले पराजित गर्दै ठाकुर निर्वाचित भएका छन् । 

ठाकुरले ८ हजार २२० मत पाउँदा साहले ६ हजार ८१७ मत मात्र पाउन सकेका छन् ।

त्यस्तै ,जनमत पार्टीका रामबाबु साह कलवारले ३ हजार ६०५, तराई मधेस लोकतान्त्रिक पार्टीका असगर अली राइनले ३ हजार २११ र स्वतन्त्र उम्मेदवार हरिशंकर साहले २ हजार ९९८ मत ल्याएका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट परमेश्वर साह तत्कालीन राजपा नेपालबाट निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ