arrow

माओवादी केन्द्रका शाहीले जिते कालीकोटमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
kalikot-1.jpg

कालीकोट । कालीकोटमा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले नेकपा एमालेका नगेन्द्र शाहीलाई छ हजार बढी मतान्तरले पराजित गरेका छन् ।  

कालीकोटमा खसेको कुल ४६ हजार छ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुरले २३ हजार ८७ मत प्राप्त गरे । उाका निकटतम प्रतिद्वन्द्वी एमालेका नगेन्द्रले १६ हजार २३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै राप्रपाका धनबहादुर बुढाले एक हजार ५६३, नेमकिपाका खड्गराज शाहीले एक हजार ८९, नेपाली कांग्रेस (वीपी) का पङ्खबहादुर विष्टले एक सय ४० तथा स्वतन्त्रद्वय काशीचन्द्र बरालले आठ सय ९३ र धनप्रसाद पाण्डेले ७९ मत ल्याएको मुख्य निर्वाचन अधिकतृ भरत लम्सालले जानकारी दिए । 

कालीकोटमा दुई हजार ४१ मत बदर भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ