arrow

एलन मस्कले ट्विटरमा 'ब्लु, गोल्ड र ग्रे' टीक सार्वजनिक गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
elonmusktwitter.PNG

काठमाडौं । एलन मस्कले अर्को हप्ता ट्विटरमा व्यक्ति, सरकारी संस्थाहरु र कम्पनीहरूका लागि फरक रंगका ट्विटर भेरिफिकेसन टीक सार्वजनिक गर्ने भएका छन् ।

ट्विटरका नयाँ मालिक मस्कले प्लेटफर्मले अर्को शुक्रबार नयाँ भेरिफिकेसन सेवा शुरु गर्ने बताएका छन् ।

मस्कले भेरिफाइड भएका अकाउन्टमध्ये व्यक्तिहरूको लागि नीलो टीक मार्क, सरकारी अकाउन्टहरुमा ग्रे र कम्पनीहरुका लागि सुनौलो टीक मार्क रहने बताएका छन् ।

उनले सबै भेरिफाइड अकाउन्टहरूलाई टिक प्राप्त गर्नु अघि 'म्यानुअल रूपमा प्रमाणीकरण' गरिने बताएका छन्। हाल ४ लाख भन्दा बढी ट्विटर खाताहरूमा निलो टिक रहेको छ । यस्तो टीकले ती खाताहरुलाई प्रामाणिक स्रोत हो भन्ने पुष्टि गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ