arrow

चिनियाँ मूलका क्यानेडियन गायकलाई यौन अपराधको आरोपमा १३ वर्ष जेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
kris-wu-china-canida.jpg

काठमाडौं । चिनियाँ मूलका क्यानेडियन पप स्टार क्रिस वुलाई यौन अपराधको आरोपमा १३ वर्षको जेल सजाय सुनाइएको छ । बेइजिङको एक अदालतले ३२ वर्षीय गायक तथा अभिनेतालाई तीन जना महिलालाई बलात्कार गरेको र भीड जम्मा गरेर नंगा नाच गराएको अभियोगमा दोषी ठहर गरेको हो ।

गत वर्ष एक छात्राले डेट-बलात्कारको आरोप लगाएपछि थप २४ पीडितले बोल्नुअघि नै उनी पक्राउ परेका थिए । अदालतले उनलाई देश निकाला गरिने भनेको छ, यद्यपि चीन निर्वासन सामान्यतया सजाय पूरा भएपछि गरिन्छ।

बेइजिङको चाओयाङ जिल्ला अदालतले शुक्रबार वुले सन् २०२० मा आफ्नो घरमा तीन महिलालाई बलात्कार गरेको अभियोगमा ११ वर्ष ६ महिना जेल सजाय भोग्नुपर्ने भनेको छ । ती महिलाहरु मातेका बेला प्रतिरोध गर्न नसक्ने अवस्थामा बलात्कार गरेको अदालतको भनाइ छ ।

यस्तै उनले 'व्यभिचार गर्न मानिसहरूलाई भेला गरेको' आरोपमा थप १ वर्ष र १० महिना सजाय सुनाएको छ ।

उनीमाथि पहिलो आरोप लगाउने विद्यार्थी डु मेइझु थिइन् ।  जसले गत वर्ष सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् कि उनले वुसँग दुई वर्षअघि १७ वर्षको हुँदा भेटेकी थिइन् ।

उनले आफुलाई घरमा पार्टीमा बोलाएको र अर्काे दिन उनको ओछ्यानमा आफुलाई पाएको बताएकी थिइन् ।

वुले दावीहरूलाई अस्वीकार गरे पनि कम्तिामा २४ अन्य आरोपीहरुले उनले यौन हिंसा गरेकोबारे खुलेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ