arrow

पूर्वमन्त्री तामाङ नुवाकोट १ बाट विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
nuwakot-1.jpg

त्रिशूली । नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । 

सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रहनुभएका तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गरे । 

यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको ६३ हजार तीन सय ७९ मतको आज बिहान सम्पन्न गणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मतान्तरले विजयी भएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका तामाङ यसअघि विसं २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । 

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा प्रद्युम्न महतले छ हजार एक सय १३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदर्शन सिटौलाले एक हजार छ सय ११ मत प्राप्त गरे । 

चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित १७ उम्मेदवार भए पनि अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेकोछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ