arrow

सुभास नेम्वाङ लगातार ओरालो, डम्बर खड्काले कडा चुनौती दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
ilam-2-subash-nemwang-bammar.jpg

इलाम । इलाम क्षेत्र नं २ मा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ लगातार ओरालो लागेका छन् । 

यसअघि करिब २ हजार मतान्तरले अगाडि रहेका एमाले नेता नेम्वाङ पछिल्लो समय ओरालो लाग्ने क्रम जारी छ । 

नेता नेम्वाङसँग निकटतम प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले मतान्तर घटाएर चुनौती दिएका छन् । 

पछिल्लो मत परिणाम अनुसार नेम्वाङ र खड्काबीच ५३४ मतको अन्तर छ । 

एमालेका उम्मेदवार नेम्वाङ २६ हजार २४४ मत ल्याएर अग्रस्थानमा छन् भने कांग्रेसका उम्मेदवार  खड्का २५ हजार ७१० मतका साथ पछ्याइ रहेका छन् ।

अब इलाम नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५  को मतगणना हुन बाँकी छ । यी वडाहरूमा पनि खड्काले कडा चुनौती दिने आकलन गरिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ