arrow

बाँके–१ (ख) मा चौधरी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार

बाँके । बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) मा नेकपा (एमाले) का दुर्गाप्रसाद चौधरी विजयी भएका छन् । उनले १५ हजार छ सय ५७ मत प्राप्त गरे छन् । 

निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाएका छन् । उनीहरुबीच आठ सय ७७ मतान्तर रहेको छ । 

बाँके प्रदेश क्षेत्र नं १ प्रदेशसभा (ख) मा ६५ हजार दुई सय ५५ मतदाता रहेकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो । प्रतिनिधिसभा बाँके क्षेत्र नं १ मा नेकपा (एमाले) का सूर्यप्रसाद ढकाल निर्वाचित भएका छन् । 
  
सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्र्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जना उम्मेदवार रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ