- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल एमालेका नेता महेश बस्नेतसँग २ हजार बढी मतले पछाडि रहेका छन् ।
इलाम १ बाट गठबन्धनको साझा उम्मेदवार बनेका खनाल २ हजार ७२९ सय मतले पछाडि छन् ।
गणनाको शुरुदेखि नै पछि परेका खनाल विगतमा आफ्नै कार्यकर्ता रहेका महेश बस्नेतसँग प्रतिस्पर्धामा रहँदा उनलाई जित निकाल्न कठिन भैरहेको छ ।
इलाम नगरपालिकाका पूर्व मेयरसमेत रहेका एमाले इलामका अध्यक्ष महेश बस्नेत १५ हजार ४२६ मतसहित अग्रस्थानमा छन् भने खनाल १२ हजार ७०० मतसहित दोस्रो स्थानमा रहेका छन् ।