arrow

मोरङमा कांग्रेस नेतृ कोइरालाले हारिन्, एमालेका पोखरेलले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
morang-2.jpg

काठमाडौं ।  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई हराउँदै मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल विजयी भएका छन् । 

कांग्रेसकी नेतृ कोइरालालाई १२ सय ८ मतले हराउँदै पोखरेल विजयी भएका छन् । 

अन्तिम मत परिणाम अनुसार एमालेका पोखरेलले ३३ हजार १४८ मत प्राप्त गरि विजयी भए ।  कांग्रेस नेतृ कोइरालाले ३१ हजार ९४० मत ल्याइन् । 

यस्तै, यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ४ हजार ९७८  मत प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ