arrow

आङ साङ सुची म्यानमार नेतृको रुपमा ओबामासँग भेट गर्ने पहिलो

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
suu-kyi-obama-meet.jpeg
एजेन्सी। म्यानमारका राज्य सल्लाकार आङ साङ सुचीले बुधबार वासिङटनस्थित अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेटवार्ता गरेकी छिन्। भेटसँगै सुची म्यानमार नेतृको रुपमा ओबामासँग भेट गर्ने पहिलो नेतृ बनेकी छिन्। 
 
म्यानमारको विदेश मन्त्रीको पद समेत सम्हालेका सुचीले उपराष्ट्रपति जो बिडेन, विदेश मन्त्री जोन केरी लगायत कांग्रेसका विशिष्ट सदस्यहरुसँग भेटवार्ता गर्ने छिन्।
 
राष्ट्रपति ओबामाले सुचीसँग म्यानमारको लगानीसँगै प्रजातान्त्रिक संक्रमण सुधारका निम्ति सहयोग गर्नेबारे छलफल गर्ने वाइट हाउसलाई उद्रित गर्दे रोयटर्सले जनाएको छ।
 
पछिल्लो समय म्यानमारको राजनीतिक सुधार गर्न अमेरिकाले सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ। म्यानमारमा ४९ वर्ष लामो समयसम्म शक्तिमा रहेको सैनिक शासन सन् २०११ मा कमजोर बन्दै पछाडि हटेको थियो। यद्धपी सैन्य शक्तिले २५ सिट र ३ मन्त्रालयमा साथ राजनीतिमा अग्रणी भूमिका कायम राखेको छ।
 
सुचीको छोरा म्यानमारको नागरिक नभएको भन्दै सैन्य संविधान संशोधनको आधारमा सुचीलाई राष्ट्रपति बन्नबाट रोक लगाइएको थियो। सुचीले अमेरिका र छिमेकी राष्ट्र चीनसँगको म्यानमारको सम्बन्धको नेतृत्व गर्दा निकै चुनौती खेपेकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ