arrow

गृहमन्त्री खाँण पछाडि, बोहरा १८ सय ४२ मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
election-rupandehi-3-congress-rpp.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण पछाडि परेका छन् । रुपन्देही ३ को मतगणना जारी रहँदा नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत रहेका खाँण राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता दीपक बोहरासँग १ हजार ८४२ मतान्तरले पछि परेका हुन् ।      

बोहराले ३२ हजार ८४८ मत ल्याउँदा खाँणले २१ हजार ६ मतमात्रै ल्याएका छन् । अझै नौ हजार मत गन्न बाँकी रहेको छ । सियारी गाउँपालिकाको वडा नं २, ३ र ६ को नौ हजार मतपत्र गणना कार्य जारी रहेको छ । 

तेस्रो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेलीले ५ हजार ५३६ मत ल्याएका छन् । 

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारुले ४ हजार १६४ मत ल्याए । त्यस्तै जनमत पार्टीका प्रमोदकुमार राउतले २ हजार ३६८ मत ल्याएका छन् ।

हाम्रो नेपाली पार्टीका प्रख्यात बन्जाडेले १ हजार ३४८ मत ल्याए । बाँकी रहेका चार उम्मेदवारले भने एक हजार मत पनि कटाउन सकेका छैनन् । 

नाेट–यसअघि अन्यथा भएकामा क्षमा प्रार्थी छाैं ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ