arrow

हुम्लामा एमालेका रावललाई माओवादीका लामाले हराए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
humla-election.jpg

हुम्ला । हुम्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का छिरिङ दम्डुल लामा कार्चेन निर्वाचित भएका छन् । लामा १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दल रावल नौ हजार पाँच सय १६ मत ल्याएर पराजित भएका छन् । उनीहरुबीच चार हजार आठ सय ५५ मतको मतान्तर रहेको छ । 

यस्तै राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गरेका छन् ।

 यस्तै बदर मत सङ्ख्या पाँच सय २४ थियो । हुम्लामा दुई वटै प्रदेश र प्रतिनिधिसभा सदस्यमा गठबन्धन विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ