arrow

खड्काले घटाए मतान्तर, नेम्वाङ करिव ४ सय मतले अघि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
ilam-2-subash-nemwang-bammar.jpg

इलाम । इलाम क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले मतान्तर घटाएका छन् । 

१८ सय मतान्तरले अगाडि रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङसँग मतान्तर कम गर्दै खड्का अहिले करिब ४ सय मतले पछाडि छन् । 

पछिल्लो मत परिणाम अनुसार नेम्वाङ र खड्काबीच ३९० मतको अन्तर छ । 

एमालेका उम्मेदवार नेम्वाङ २७ हजार २६५ मत ल्याएर अग्रस्थानमा छन् भने कांग्रेसका उम्मेदवार  खड्का २६ हजार ८६६ मतका साथ पछ्याइ रहेका छन् ।

अब इलाम नगरपालिकाको वडा नम्बर १, २, ३, ४ को मतगणना हुन बाँकी छ । 

यी वडाहरूमा पनि खड्काले कडा चुनौती दिदै जित नजिक पुग्ने आकलन गरिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ