arrow

चन्द्र भण्डारीले जितेको गुल्मीमा यस्तो छ प्रदेशसभाको मतपरिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
chandra-bhandari6.jpg

गुल्मी । गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा क मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ख मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएका छन् । यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेको थियो । जसमा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनीसँग प्रतिस्पर्धीमा रहेका प्रदीप ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा क मा नेकपा एमालेका उम्मेदवार पाण्डेले आठ सय ६४ को अग्रतासहित १५ हजार एक सय २७ मत प्राप्त गरी विजयी भएका छन् । उनीसँग सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका सुदर्शन बरालले १४ हजार दुई सय ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । 

साथै प्रदेशसभा ख मा नेपाली कांग्रेसका धनेन्द्र कार्की छ सय पाँच मतको अग्रतासहित १८ हजार पाँच सय ९६ मत प्राप्त गरी विजयी भएका छन् । उनीसँग प्रतिस्पर्धामा रहेका एमालेका फर्सराम पाण्डेले १७ हजार नौ सय ९१ मत प्राप्त गरे । 

यस क्षेत्रमा कूल एक लाख १९ हजार दुई सय ८८ मतदाता थिए । जसमध्ये खसेको मत ६९ हजार सात सय ५९ हो ।

 यस क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ७ देखि १४ सम्मका वडा पर्दछन् । योसँगै गुल्मीमा प्रत्यक्षतर्फका दुवै प्रतिनिधिसभा र चार प्रदेशसभाको मतगणना सकिएर अन्तिम परिणामसँगै छ प्रतिनिधि निर्वाचित भएका छन् । यतिबेला समानुपातिक तर्फको मतगणना सुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ