arrow

सङ्खुवासभामा लिंथेप विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार

सङ्खुवासभा । सङ्खुवासभा प्रदेशसभा (ख) मा नेकपा (एमाले)का विदुरकुमार लिंथेप निर्वाचित भएका छन् । एमालेका लिंथेपले १५ हजार चार सय ८२ मत ल्याएर निर्वाचित भए । 

उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा (एकिकृत समाजवादी)का सरिता खड्काले १५ हजार दुई सय ४२ मत ल्याए । 

एमालेका लिंथेप दुई सय ४० मतान्तरले विजयी भए । खड्का अघिल्लो निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य बनेका थिए । 

एमालेका लिंथेप २०७४ को स्थानीय तह निर्वाचनमा मादी नगरपालिकाका प्रमुख भएका थिए । जिल्लामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेका छन् । 

जिल्लामा प्रतिनिधिसभातर्फ ६५ हजार तीन सय ३७ मत खसेको थियो । त्यसमा एक हजार ७२ मत बदर भएको थियो । 

पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (२) मा ३४ हजार मत खसेको थियो । प्रदेससभा (२) मा एक स्वतन्त्र सहित आठ जनाले उम्मेदवारी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ