arrow

सुवास नेम्वाङलाई पछि पार्दै नेपाली कांग्रेसका डम्बर खड्का अघि लागे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
ilam-2-subash-nemwang-bammar.jpg

इलाम । नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले उछिनेका छन् । 

इलाम क्षेत्र नम्बर २ मा पूर्व सभामुख नेम्वाङलाई १६ मतले पछि पार्दै कांग्रेस जिल्ला सभापति खड्का अघि लागेका छन् । 
 
यसअघि करिब १८ सय मतान्तरले खड्का पछि रहेका थिए  । उनले नेम्वाङसँगको मतान्तर घटाउँदै अग्रता कायम गरेका छन् । 

इलाम नगरपालिकाको वडा नम्बर ३, ४ र ५  को मतगणनामा कांग्रेस उम्मेदवारलाई बढी मत आएको हो । अब इलाम नगरपालिकाको वडा नम्बर १ र २को मतगणना हुन बाँकी छ । 

कांग्रेसका उम्मेदवार खड्काले २८ हजार ४८६ ल्याएका छन् भने एमालेका उम्मेदवार नेम्वाङ २८ हजार ४७० मत ल्याएर पछ्याइ रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ