arrow

चार दिनसम्म नेमकिपाको विजय र्‍याली 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
nemakipa-victory-rally.jpg

भक्तपुर । भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मतदाताहरूलाई धन्यवाद दिन र विजय उत्सव मनाउन आज दिनभर र्‍याली चलाएको छ । पार्टी केन्द्रीय कार्यालय गोल्मढी भक्तपुरबाट शनिबार बिहान ११ः३० बजेबाट जुलुश निस्केको छ । 

जुलुशले भक्तपुर नगर परिक्रमा गर्ने जनाइएको छ । गोल्मढीबाट शुरू भएको जुलुश सुकुलढोका, टौमढी, गहिटी, नासमना, सिद्धपोखरी हुँंदै दरवार स्क्वायरमा पुग्नेछ । त्यहाँंबाट पुनः चोछें, भुलाछें, महालक्ष्मी, कमलविनायक, च्याम्हासिंह, सूर्यमढी, दतात्रय हुँंदै पुनः पार्टी केन्द्रीय कार्यालय गोल्मढीमा पुने कार्यक्रम छ । नगर परिक्रमा गर्न दिनभर लाग्ने जनाइएको छ । 

पार्टीको धन्यवाद ज्ञापन कार्यक्रम शुक्रबारदेखि शुरु भएको हो । यो कार्यक्रम चार दिनसम्म चल्नेछ । पहिलो दिन भक्तपुर क्षेत्र नम्बर १ चाँंगुनगर नगरपालिकाको ताथली र सुडालमा धन्यवाद ज्ञापन गरिएको थियो । शनिबार भक्तपुर नगरभरि गर्ने कार्यक्रम तय गरिएको छ । भोलि आइतबार र पर्सी फेरि चाँंगुनारायण नगरपालिका क्षेत्रमा धन्यवाद ज्ञापन कार्यक्रम राखिएको छ । 

भक्तपुर १ मा पार्टीका प्रेम सुवाल ४२ हजार सात सय ६० मतका साथ विजयी भएका थिए । यहाँं एमालेका नवराज गेलालले ११ हजार नौ सय ५८, हलोले नौ हजार तीन सय तीन र सतारुढ कांग्रेससहितको सता गठबन्धनकोतर्फबाट माओवादीका सुनिल गोठेले पाँच हजार दुई सय ८३ मत पाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ