arrow

गृहमन्त्री खाँण पराजित, राप्रपाका बोहरा २६ सय ८१ मतान्तरले विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
election-rupandehi-3-congress-rpp.jpg

बुटवल । गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण पराजित भएका छन् । खाँण प्रतिनिधि सभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट पराजित भएका हुन् । 

उनलाई राप्रपाका दीपक बोहराले फराकिलो अन्तरले हराए । खाँण २ हजार ६८१ मतान्तरले पराजित भएका हुन् । 

मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार बोहराले ३६ हजार ७१७ मत प्राप्त गरेकामा खाँणले ३४ हजार ३६ मतमात्र ल्याउन सके । खाँण सत्ता गठबन्धनका संयुक्त उम्मेदवार हुन् भने बोहरालाई एमाले र जसपाकोसमेत साथ रहेको थियो । 

गृहमन्त्री निर्वाचनमा पराजित हुने घटना विरलै हुन्छन् । यसअघि २०६४ सालको संविधान सभाको निर्वाचनमा तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पराजित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ