arrow

सम्मानित नेता खनालले चुनावमा धाँधली भएको भन्दै गरे पुनः मतदानको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
ilam-1-election.jpg

फिक्कल । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए । 

आज पत्रकारसँग कुरा गर्दै उनले भने, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ । दुई सय ६६ मतपत्र बढी भेटियो ।” 

उनले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने जनाएका छन् । पूर्व प्रम खनाललेभने, “कसले छिरायो त्यहाँभित्र मुचुल्का कागज सही हो कि होइन रु निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता  पाउँदैन ।”

हालसम्मको गणनाअनुसार इलाम–१ मा नेकपा एमालेका महेश बस्नेतले दुई हजार चार सय ५५ मतान्तरले अग्रता लिइरहेका छन् । खनालले १६ हजार ८७ मत प्राप्त गर्दा बस्नेतले १८ हजार पाँच सय ४२ मत पाएका छन् ।  

क्षेत्र नं १ मा ५९ हजार नौ सय छ मध्ये १७ हजार दुई सय ५९ मत गणना हुन बाँकी छ । तर खनालले पुनः मतदानको माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ