arrow

जम्मा ५९ प्रतिशत मत खस्यो बुढीनन्दामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
election-2079-final1.jpg

बाजुरा । बाजुराको बुढीनन्दा ५ मा शनिबार भएको पुनः मतदानमा ५ सय ९७ मत खसेको छ । यो ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

मंसिर ४ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपका कारण स्थगित भएको मतदान शनिबार शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । 

९ सय ९९ मतदाता रहेको मतदान केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेका थिए । निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ