arrow

इलाममा नेम्वाङले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
Subash-chandra-negmang.png

मङ्गलबारे । इलाम २ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ विजयी भएका छन् । 

रोकिएको मतगणना शनिबार राति ९ बजेदेखि पुन सुचारु भएसँगै नेकपा एमालेका उम्मेदवार नेम्वाङ ११४ मतान्तरले विजयी भएका हुन् । 

नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरे । 

 इलाम नगरपालिकाका १ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको थियो ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ