arrow

गच्छदार उक्लिए, भगवतीसँग ५ हजारको अन्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
sunsari-3.jpg

काठमाडौं । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार उक्लिएर दोस्रो स्थानमा रहेका छन् । 

सुनसरी-३ मा गच्छदार १५ हजार ५५४ मतका साथ नेकपा एमालेकी भगवती चौधरीलाई पछ्याइरहेका छन् । 

चौधरी २० हजार ५७५ मत ल्याई अग्रस्थानमा छिन् । दुवैबीच ५ हजार बढीको मतान्तर छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली ५ हजार ६३१ मतसहित तेस्रोमा छन्।

 यसअघि यो निर्वाचन क्षेत्रबाट गच्छदार दुई पटक विजयी भएका थिए । 

चौधरीलाई जसपा र गच्छदारलाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ