arrow

चीनमा कोभिड-१९ नीति विरुद्धको प्रदर्शन चर्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
china-police-protest-apple.jpg

काठमाडौं । उरुम्चीको एउटा अपार्टमेन्ट ब्लकमा १० जनाको ज्यान जाने गरी भएको आगलागीपछि चीनमा कोभिड-१९का प्रतिबन्धहरू विरुद्धको प्रदर्शन तीव्र भएको छ ।

सांघाई सहरमा विदेशी पत्रकारहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका भिडियोहरूले हजारौं मानिसहरू पीडितहरूलाई सम्झन र कोभिड-१९ विरुद्धका प्रतिबन्धहरूको विरोध गर्न सडकमा उत्रिएको देखाएका छन् ।

सयौंले राष्ट्रपति सी चिनफिङलाई राजीनामा दिन आग्रह गरेका छन्।

धेरैले आवासीय भवनमा लकडाउनकै कारण आगलागीसहित यो घटना भएको बताएका छन् ।

चिनियाँ अधिकारीहरूले यसको कारण अस्वीकार गरेका छन्। यद्यपि उरुम्कीका अधिकारीहरूले शुक्रबार अबेरमा असामान्य माफी माग्दै आफ्नो कर्तव्य त्याग्ने जो कोहीलाई सजाय दिने प्रतिबद्धता गरेका छन् ।

साङ्घाईमा भएको भेलामा केही व्यक्तिहरू पीडितका लागि मैनबत्ती बाल्दै, फूलहरू राखिरहेको देखिएको थियो।

अरूले 'सी चिनफिङ, स्टेप डाउन' र 'कम्युनिस्ट पार्टी, स्टेप डाउन' जस्ता नारा लगाउँदै सेता ब्यानर बोकेकोसमेत देखिएको छ ।

यस्ता मागहरू हुनु चीन भित्र एक असामान्य स्थिती हो । जहाँ सरकार र राष्ट्रपतिको कुनै पनि प्रत्यक्ष आलोचना गर्दा कठोर सजाय मिल्छ ।

केही प्रदर्शनकारीहरूले प्रहरीलाई दुर्व्यवहारसमेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ