arrow

किमको सन्देश - उत्तर कोरिया विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
kim-jong-un-bbc.jpg

काठमाडौं । उत्तर कोरियाले आफ्नो उद्देश्य सबैभन्दा शक्तिशाली र पूर्ण आणविक प्रतिरोधक बनाउनु रहेको बताएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले आगामी दिनमा विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बन्ने उत्तर कोरियाको अन्तिम लक्ष्य रहेको बताएका छन् । विश्वका सबै देशलाई सन्देश दिँदै उनले विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति उत्तर कोरिया बन्ने बताएका हुन् । 

यसका लागि उनले दर्जनौँ सैनिक अधिकारीलाई पनि प्रोत्साहन गरेका छन् । किमले देशको ह्वासोङ-१७ अन्तर महादेशीय ब्यालिस्टिक मिसाइलको परीक्षणको निरीक्षण र अमेरिकी आणविक खतराहरूको सामना गर्ने वाचा गरेपछि यो घोषणा गरेका हुन्। 

किमले परमाणु शक्ति राज्य र जनताको गरिमा र सार्वभौमसत्ताको दृढताका साथ रक्षा गर्न निर्माण भइरहेको र यसको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति बन्ने बताए। 

किमले ह्वासोङ-१७ लाई विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार भनेका छन् । यसले उत्तर कोरियाको सङ्कल्प र अन्ततः विश्वको सबैभन्दा बलियो सैन्य निर्माण गर्ने क्षमताको प्रदर्शन गरेको बताए।

किमले उत्तर कोरियाली वैज्ञानिकहरूले ब्यालेस्टिक मिसाइलमा आणविक वारहेड जोड्ने प्रविधिको विकासमा अचम्मको छलाङ लगाएको बताए । 

आफ्नी छोरी र श्रीमतीसँग मिसाइल परीक्षण स्थलमा पुगेका किमले अमेरिका र यसका सहयोगीहरूको शत्रुतापूर्ण नीतिले उनीहरूलाई आफ्नो देशको सुरक्षाका लागि आणविक प्रतिरोध बलियो बनाउन बाध्य पारेको बताएका छन् । 

यस अवसरमा किमले शत्रुले धम्की दिने क्रम जारी राखे आफ्नो पार्टी र सरकारले परमाणु हतियारले त्यसै गरी जवाफ दिने घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ