arrow

आश्चर्यजनक तरिकाले अघि लागे अशोक राई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
asokks.jpg

काठमाडौं । जसपाका राष्ट्रिय परिषद् अध्यक्ष अशोक राई आश्चर्यजनक तरिकाले अगाडि लागेका छन् ।

 सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङसँग ३५० मतान्तरले पछाडि रहेका जसपाका राई आश्चर्यजनक तरिकाले ४ मतले अगाडि आएका छन् । 

पछिल्लो मत परिणाम अनुसार जसपाका राईले १३ हजार ८ सय १ मत पाएका छन् भने  गोमा तामाङले १३ हजार ७ सय ९७ मत पाएकी छन् । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मुक्‍सामहाङ सुब्बा १० हजार ७८४ मतका साथ तेस्रो स्थानमा छन् । स्वतन्त्रका मनोजकुमार मेयाङ्बो ६ हजार ८३४ मतका साथ चौथो स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ