arrow

फराकिलो मतान्तरले कांग्रेसका शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ मंसिर १० शनिबार
mugu-yen.jpg

मुगु । हिमाली जिल्ला मुगुबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ऐन बहादुर शाही फराकिलो मतान्तरले विपक्ष एमाले उम्मेदवारलाई पछि पादै विजयी भएका छन् ।

शाहीले एमाले उम्मेदवार राज बहादुर कार्की(राजु)भन्दा ३ हजार ९९४ मत बढी ल्याएर विजय भएका हुन्।

कुल १४ हजार ७०७ मत ल्याएर शाही विजयी हुँदै गर्दा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार कार्कीले १० हजार ७०८ मत ल्याएका थिए । 

प्रतिनिधि सभाको एक मात्र क्षेत्र रहेको मुगुमा ३५ हजार ४८५ मतदाता रहेकोमा २६ हजार ६१५ मतदाताहरू मतदानमा सहभागी भएका थिए ।

२०४८ र २०५१ को प्रतिनिधि सभा सदस्यमा कांग्रेसका नेता तथा पूर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल विजयी भएपछि त्यसपछिका चार वटा निर्वाचनमा काग्रेसले जित हासिल गर्न सकेको थिएन । 

निर्वाचित शाहीले नेपाली काँग्रेस मुगुको २३ वर्ष अघि देखि गुमाएको विरासत फर्काएका छन् ।

यस्तै गरि दुई वटा प्रदेश सभा सदस्य क्षेत्र रहेको मुगुमा प्रदेश क्षेत्र १ मा नेकपा एमाले उम्मेदवार जित बहादुर मल्ल र प्रदेश क्षेत्र २ मा नेकपा माओवादी केन्द्रका मङ्गल बहादुर शाही विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत दिल बहादुर ब्रदेवाका अनुसार प्रदेश १ मा एमाले उम्मेदवार मल्लले खसेको कुल खसेको मत १२ हजार ९८९ मध्य ५ हजार ४३० मत ल्याउँदै १ हजार २०७ को मतान्तर बढी मतले विजयी भएको र उहाँका निकटतम प्रतिस्पर्धा नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोपाल बहादुर बमले ४ हजार २२३ ल्याएका थिए । 

बम सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । उनी नि वर्तमान प्रतिनिधि सभाका सदस्य पनि हुन् । २०७४ को प्रतिनिधि सभा सदस्यमा एमालेबाट निर्वाचित बम २०७९ को निर्वाचनमा एमालेका उम्मेदवारबाटै पराजित हुनु पर्‍यो ।

प्रदेश क्षेत्र २ मा नेकपा माओवादीका उम्मेदवार मङ्गल बहादुर शाहीले कुल खसेको १३ हजार ६२६ मत मध्य ८ हजार ४२९ मत ल्याई ३ हजार ५४५ मतान्तरले निकटतम प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर मल्ललाई पछि पादै विजयी भएको र प्रतिस्पर्धी मल्लले ४ हजार ८८४ मत ल्याएको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ