arrow

तीन दलका जिल्ला प्रमुख नै निर्वाचित 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ मंसिर ११ आइतबार
mugu-3-pary.jpg
तस्विर : मुगुमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका ऐनबहादुर शाही, प्रदेश १ मा निर्वाचित एमालेका जीतबहादुर मल्ल र प्रदेश-२ मा निर्वाचित माओवादी केन्द्रका मङ्गलबहादुर शाही 

मुगु । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मुगु जिल्लाका तीन प्रमुख राजनीतिक दलहरूका जिल्ला प्रमुखहरू निर्वाचित भएका छन् । नेपाली कांग्रेस नेकपा एमाले र माओवादी केन्द्रका प्रमुखहरू नै यो निर्वाचनमा विजयी भएका हुन् । 

  नेपाली कांग्रेसका पार्टी सभापति ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । शाहीले १४ हजार ७ सय २ मत ल्याएर विजयी भएका छन् । भने उनका निकटतम प्रतिस्पर्धी कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेका छन् । 

उनी गत असोजमा पार्टीको ९ औँ जिल्ला अधिवेशनमा पार्टी सभापतिमा निर्वाचित भएका थिए । उनले ३ हजार ९ सय ९४ मतले एमालेका राजबहादुर कार्कीलाई पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष जीतबहादुर मल्ल पनि प्रदेश-१ मा प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।  मल्लले ६ हजार ६ सय १८ मत ल्याएर विजयी भएका हुन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादीका गोपालबहादुर बमले ४ हजार ८ सय ८४ मत प्राप्त गरि पराजित भएका थिए । गत वर्ष उनी पार्टीको जिल्ला अधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित भए ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मङ्गलबहादुर शाही प्रदेश क्षेत्र-२ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।  शाहीले ८ हजार ४ सय २९ मत ल्याएर प्रदेश सभा सदस्यमा विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर मल्लले ४ हजार ८ सय ८४ मत ल्याएर पराजित भएका छन् । उनी तीन वर्ष अघि पार्टीको जिल्ला इन्चार्ज चयन भएका थिए ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका शाहीले जिल्लाको शिक्षा, स्वास्थ्य र तथा पर्यटन विकासमा जोड दिनुका साथै बाढी पहिरोबाट पीडित परिवारलाई राहतको निम्ति सरकारसंग पहल गर्ने बताए । जिल्लामा मतदान सम्पन्न भएको ६ दिन पछि आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सङ्घ प्रदेशको मत परिणाम घोषणा गरिएको थियो ।

जिल्ला शान्तिपूर्ण र धाँधली रहित निर्वाचन सम्पन्न गर्न पाउँदा आफूलाई निकै खुसी लागेको मुख्य निर्वाचन अधिकृत दिल कुमार व्रदेवाले बताए । जिल्लाको कुल मतदाता ३५ हजार ४ सय ८५ मध्ये २६ हजार ६ सय १५ मत खसेको छ । मुगुमा करिब २३ वर्षपछि प्रतिनिधि सभा सदस्यमा कांग्रेसले जितेको छ । 

२०४८ साल यता भएका संसदीय निर्वाचनको इतिहासलाई हेर्दा २०४८ र २०५१ सालमा नेपाली कांग्रेसका हस्त बहादुर मल्ल २०५६ सालमा एमालेका चन्द्र बहादुर शाही २०६४ सालमा नेकपा माओवादी केन्द्रका नवराज धामी २०७० मा एमालेका मोहन बानिया २०७४ मा एमाले कै गोपाल बहादुर बम निर्वाचित भएका थिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ