arrow

किमले भने-उत्तर कोरियासँग विश्वकै शक्तिशाली आणविक शक्ति हुनेछ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
kim-daughter.jpg

काठमाडौं । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले आइतबार नेता किम जोङ उनका अनुसार देशको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बन्ने रहेको जनाएको छ ।

उत्तर कोरियाले हालै सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि दर्जनौं सैन्य अधिकारीहरूलाई पदोन्नति गर्दा किमले यस्तो टिप्पणी गरेका हुन् ।

किमले देशको नयाँ ह्वासोंग १७ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) को परीक्षणको निरीक्षण गरेको केही दिनपछि यो घोषणा गरेका हुन् ।

किमले ह्वासोंग १७ लाई 'विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार' समेत भनेका  छन् ।

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै किमले अधिकारीहरूलाई पदोन्नति गर्ने आदेशमा आणविक बल निर्माण गर्नु भनेको राज्य र जनताको गरिमा र सार्वभौमसत्तालाई विश्वसनीय रूपमा जोगाउनु भएको बताएका छन् । 

उनले भनेका छन्,'यसको (उत्तर कोरियाको)अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्तिका रुपमा स्थापीत हुनु हो, यो शताब्दीमा अभूतपूर्व शक्तिको स्वामित्वमा राख्नु हो।'

विस्तृत जानकारी प्रदान नगरी किमले उत्तर कोरियाली वैज्ञानिकहरूले ब्यालेस्टिक मिसाइलहरूमा आणविक वारहेडहरू माउन्ट गर्ने प्रविधिको विकासमा अद्भुत फड्को मारेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ