arrow

अठासी लाख १० हजार समानुपातिक मत गन्दा कसलाई कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
samanupatik-pratinidhisabha-final-2079.jpg

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार८८ लाख १० हजार १४२ मत गन्दा एमाले दोस्रो स्थानको नेपाली कांग्रेसको भन्दा एक लाख २० हजार हाराहारी मतले अगाडि छ । 

एमालेले २४ लाख २३ हजार ३३५ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ३ हजार ६५७ मत ल्याएको छ । 

माओवादी केन्द्र १० लाख ८ हजार १०० मतसहित तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख ८८ हजार ९६६ मतसहित चौथो स्थानमा छ ।

राप्रपा ५ लाख १६ हजार ६८७ मतसहित पाँचौं, जसपा ३ लाख २ हजार २५१ मतसहित छैटौं तथा नेकपा एकीकृत समाजवादी २ लाख ३७ हजार ४९ मतसहित सातौं, जनमत पार्टी २ लाख ३५ हजार १४४ मतसहि आठौं, नागरिक उन्मुक्ति पार्टी २ दाख २ हजार १०८ मतसहित नवौं तथा लोकतान्त्रिक समाजवादी पार्टी १ लाख २२ हजार ७०३ मतसहित दशौं स्थानमा छ । 

अन्य पार्टीले एक लाख कटाएका छैनन् । नेमकिपाले ७० हजार, हाम्रो नेपाली पार्टीले ४९ हजार, मंगोल नेशनल अर्गनाइजेशनले ४४ हजार र राष्ट्रिय जनमोर्चाले ४३ हजार मत ल्याएको छ । 

११ औं स्थानको हाम्रो नेपाली पार्टीले २१ हजार ४४५ मत, १२ औं स्थानको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले २० हजार ९५५ मत, १३ औं स्थानको राष्ट्रिय जनमोर्चाले १४ हजार २४६ मत तथा १४ औं स्थानको मंगोल नेशनल अर्गनाइजेशनले १० हजार ६७२ मत ल्याएको छ । 

प्रदेशतर्फ मधेसमा कांग्रेस अगाडि छ भने बाँकी सबैमा एमाले अग्रस्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ