- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईएमई पे र मेरो किरानाबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार ‘मेरो किराना’ को वेबसाइट अथवा एपबाट किराना सामान खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्यूआर स्क्यान गरी १५ प्रतिशत छुट (एक पटकमा अधिकतम ३०० रुपैयाँसम्म) प्राप्त गर्न सक्ने बताइएको छ ।
मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी उक्त अफर सार्वजनिक गरिएको जनाइएको छ । ग्राहकले महाबचत सेल विकमा मात्र नभइ कुल ६०० रुपैयाँसम्मको छुट पाउन सक्ने आईएमई पेले जनाएको छ।
यो सम्झौताले ग्राहकलाई डिजिटल प्रविधि प्रयोगमा थप सहज हुने विश्वास दुवै कम्पनीको छ ।