arrow

क्यानडालाई ४-१ गोल अन्तरले हराउँदै क्रोएसियाको पहिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
coreatia.jpg

काठमाडौं ।  कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।   
 
कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज  भएको खेलमा क्रोएसियाले क्यानडालाई ४-१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो । 

क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे भने मार्को लिभाजा र लेभ्रो माजेरले समान एक एक गोल थपे गरे । 

यसैगरी क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो ।

 खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए तर, खेलको ३६ आँै मिनेटमा क्रोएसियाका क्रमारिचले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । 

यसपछि खेलको ४४ औँ मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए । खेलको ७० औँ मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३- १ को अग्रता दिलाए । 

 यसपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४-१ को जित दिलाए । यस जितसँगै समूह ‘एफ’ को क्रोएसियाले दुई खेलमा चार अङ्क जोडेको छ ।  क्यानडाको यो लगातार दोस्रो हार हो र क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ