arrow

जर्मनी स्पेनसँग १-१ को बराबरीमा, नकआउट सम्भावना कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
german-spain.jpg

काठमाडौं ।  कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् ।

अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा  स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । 

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाएका थिए ।

यसपछि खेलको ८३ औँ मिनेटमा जर्मनीका खेलाडी  निकलस फूलक्रुगले गोल गर्दै खेललै १-१ गोलको बराबरी ल्याए । 

यस बराबरीसँगै समूह ‘ई’ बाट दुबै टोलीको नकआउट सम्भावना कायम रहेको छ । 

स्पेनले दुई खेलमा चार अङ्क जोडेको छ भने जर्मनी दुई खेलमा एक अङ्क जोडेर पुछारमा रहेको छ ।  

जर्मनीले अब हुने खेल जित्नै पर्नेहुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ