arrow

कतार विश्वकपमा आज चार खेलः ब्रजिल र स्वीट्जरल्याण्ड तथा पोर्चुगल र उरुग्वे भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
qatar-world-cup-2022.png
तस्बिर – फाइल ।

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । समूह चरण अन्तर्गत समूह जी र एचका दोस्रो चरणका दुई दुई खेलहरु हुन लागेका हुन् ।  

पहिलो खेलमा समूह जी मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । यसअघि सर्बिया ब्रजिलसँग २–० ले तथा क्यामरुन स्वीट्जरल्याण्डसँग १–० ले पराजित भएको थियो । राउन्ड अफ सिक्सटिनमा पुग्ने सम्भावना जिवितै राख्न दुवै टिमलाई कम्तीमा बराबरी गर्नुपर्ने अवस्था छ । 

क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा छन् । खेल दिउँसो ३ः४५ बजे अल जानौबी स्टेडियममा हुँदैछ । 

ब्रजिल र स्वीट्जरल्याण्ड पनि आजै भिड्दै छन् । खेल राति ९ः४५ बजे स्टेडियम ९७४ शुरु हुनेछ । 

त्यस्तै समूह एचको खेलमा दक्षिण कोरिया र घाना खेल्दैछन् । दुवै टिम पहिलो जितको खोजीमा छन् । घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ को अन्तरले पराजित भएको हो ।

दक्षिण कोरियाले उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो । घाना र दक्षिण कोरिया पहिलो जित निकाल्न साँझ ६ः४५ बजे एजुकेशन सिटी स्टेडियममा खेल्ने छन् । 

सोही समूहको अर्को खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । खेल राति १२ः४५ बजे शुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ