arrow

नेयमार नहुँदा स्वीट्जरल्याण्ड उत्साही

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
neymar-brazil.jpg
तस्बिर – फाइल ।

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत स्वीट्जरल्याण्ड विरुद्धकाे खेलमा ब्रजिलियन स्टार नेयमार घाइते भएर खेल्न नसक्ने भएपछि विश्वको ध्यान दुई टोली बीचको खेलमा केन्द्रित भएको छ ।

सर्वियासँगको खेलमा ९ वटा आक्रमणपछि नेयमारको गोली गाँठो सुन्निएको थियो । नेयमारले समूह चरणको बाँकी खेल गुमाउने संभावना रहेका रिपोर्टहरु आइरहेका बेला ब्रजिलका म्यानेजर टिटेले समूह चरणको अन्तिम खेलमा नेयमार टिममा रहने विश्वास गरेका छन् । आवश्यकता परे अन्तिम खेलमा नेयमार खेल्न सक्ने संकेत उनले गरेका छन् ।

ब्रजिलियन टोलीका कोच टिटेले नेयमारमाथि हुने आक्रमणप्रति आयोजकले ध्यान दिनु पर्ने बताएका छन् । उनले नेयमार घाइते भएपछि अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूलाई उक्त कुरा बताएका हुन् । सन् २०१४ देखि विश्वकपमा सहभागी भएका नेयमारले तीन संस्करणमा ५३ पटक आक्रमणको सामना गर्नु परेको छ।

सन् २०१८ को विश्वकपमा स्वीट्जरल्याण्डसँगको खेलमा नेयमारले ११ पटक आक्रमणको सामना गर्नु परेको थियो । उक्त खेल १-१को बराबरीमा टुङ्गिएको थियो। नेयमार ब्रजिल र विश्व फुटबलका एक प्रतिभावान् खेलाडीमा गनिन्छन् । उनलाई रोक्नका लागि उनीमाथि धेरै आक्रमण हुने गरेको छ।

बेल्जियमका स्टार खेलाडी एडेन हजार्डले पनि रेफ्रीले उनी र नेयमार जस्ता खेलाडीहरूको रक्षा गर्नुपर्ने बताएका छन्। सन् २०१४ मा कोलम्बियासँगको खेलमा घाइते भएका थिए ।

उनको मेरुदण्डमा चोट लागेको थियो। यसरी उनीमाथि हरेको ठूला प्रतियोगितामा आक्रमण हुने गरेको हेर्दा योजनाबद्ध जस्तो लाग्ने गरेको छ।

कतार विश्वकपमा आ-आफ्नो पहिलो खेलमा विजयी ब्रजिल र स्वीट्जरल्याण्डको खेल रोमाञ्चक हुने निश्चित रहेको छ। स्वीट्जरल्याण्डले पहिलो खेलमा क्यामरुनलाई पराजित गरेको थियो ।

विश्वकप फुटबलमा दुई पटक भेट भएको ब्रजिल र स्विजरल्याण्ड बीचको खेल बराबरीमा सकिएको छ। उक्त नतिजाले गर्दा पनि नेयमार नभएको टोलीलाई हराउन सक्ने संभावनाले गर्दा स्वीस टोली उत्साहित रहेको छ।

नेयमार बिनाको ब्रजिललाई स्वीट्जरल्याण्डले अलि सजिलो रूपमा लिन सक्नेछ। ब्रजिलको यो विश्वकपमा शक्ति भनेकै बेन्च स्ट्रेन्थ रहेको छ। गाब्रियल  जिशुस,  रोड्रिगो,  गाब्रियल  मार्टिनेली,  एन्टोनी, रिचालिसन,  भिनिसियस  जुनियर र पेड्रो रहेका छन् । 

नेयमारको उपस्थिति  ब्रजिललाई  खट्किने छ तर अग्रपङ्क्ति हेर्दा  स्वीट्जरल्याण्डलाई  सजिलो पनि छैन । ब्रजिल आफ्ना कप्तान एवं स्टार खेलाडी नेयमार बिना नै खेल आफ्नो पक्षमा पार्नेमा उत्साही रहेको छ ।

ब्रजिलका रक्षापंक्तिका खेलाडी ड्यानिलो पनि घाइते रहेका छन् । उनी पनि सर्वियासँगको खेलमा घाइते भएका हुन् ।स्वीट्जरल्याण्डका अग्रपङ्क्तिका खेलाडी रेनाटो स्टेफन घाइते थिए । उनी खेल्न सक्ने नसक्नेबारे केही बताइएको छैन ।

क्यामरुनविरुद्ध गोल गरेका ब्रिन ईम्बोलोले स्वीट्जरल्याण्डका लागि ४ खेलमा ३ गोल गरिसकेका छन् । त्यसैगरी सर्वियाविरुद्ध २ गोल गरेका ब्रजिलियन स्ट्राईकर रिचालिसनले ब्रजिलका लागि ७ खेलमा ९ गोल गरिसकेका छन् ।

यी दुई टोली विश्वकपमा दुई पटक खेलेका छन् । दुवै पटक खेल बराबरीमा टुङ्गिएको छ। सन् १९५०मा २-२ मा टुङ्गिएको खेल सन् २०१८मा १-१ रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ