arrow

कतार विश्वकपमा क्यामरुन र सर्बियाले अंक बाँडे, नकआउट चरण सम्भावना कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
qatar-worldcup-cameroon-serbia.jpg

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा क्यामरुन र सर्बियाले अंक बाँडेका छन् । आज साँझ सम्पन्न खेल ३–३ गोलको बराबरीमा सकिएको हो । 

खेलमा क्यामरुनले प्रारम्भिक अग्रता लिएको थियो । जिन चाल्र्सस् क्यास्टेलेट्टोले २९ औं मिनेटमा गोल दिलाएका थिए । मध्यान्तरअघिको इन्जुरी समयमा स्ट्राहिन्जा पाभ्लोभिकले सर्बियालाई बराबरीमा ल्याए । 

इन्जुरी समयकै तेस्रो मिनेटमा सर्गे मिलिन्कोभिक् साभिकले गोल गर्दै सर्बियालाई अग्रता दिलाए । 

अचम्मसँगै सर्बियाले ५३ औं मिनेटमा गोल गर्दै ३–१ को अग्रता बनायो । एलेक्सान्दर मित्रोभिकले गोल गरे । 

दुई गोलले पछि परेको क्यामरुनले त्यसपछि लगातार दुई गोल गर्दै खेल बराबरी गर्यो । ६३ औं मिनेटमा भिन्सेन्ट अबुबकार र ६६ औं मिनेटमा एरिक मेक्सिम चौपो मोटिङले गोल गरे । 

दुवैतर्फ २–२ पहेँलो कार्ड खाएका थिए । 

यो बराबरीले दुवै टिमले १–१ अंक बाँडेका छन् । यो बराबरीसँगै दुवै टिमको नकआउट चरणमा पुग्ने सम्भावना जिवितै रहेको छ । 

दुवै टिमले १–१ अंक पाएका छन् । समूहमा रहेका ब्रजिल र स्वीट्जरल्याण्डको ३–३ अंक छ । जित्ने टिम राउन्ड अफ सिक्सटिनमा पुग्नेछ । यो खेल आजै राति ९ः४५ बजे हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ