arrow

घानासँग पराजित भएसँगै दक्षिण कोरियाको अर्को चरण सम्भावना कठिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
qatar-worldcup-korea-ghana.jpg

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा दक्षिण कोरिया पराजित भएको छ । दक्षिण कोरिया सोमबार राति भएको खेलमा घानासँग ३–२ ले पराजित भएको हो । 

खेलमा घानाले मध्यान्तरसम्म २–० ले अग्रता लिएकामा कोरियाले कमब्याक गर्दै २ गोल नै फर्कायो । 

बराबरीतर्फ अगागि बढिरहँदा ६८ औं मिनेटमा माहेम्मद कुदुसले गोल गर्दै घानालाई जिताए । 

यसअघि घानाका लागि कुदुस र मोहम्मद सालिसुले १–१ गोल गरेका थिए । घानाले पहिलोपटक विश्वकपमा तीन गोल गरेको हो ।

त्यस्तै कोरियाका लागि दुवै गोल जो गु–सुङले गोल गरेका थिए । 

अन्तिम २० मिनेट कोरियाले निकै नै आक्रमण गरे पनि गोल भने गर्न सकेन । 

योसँगै २ खेलबाट १ अंकमात्र बटुलेको कोरिया समूह एचको पुछारमा रहेको छ । घाना ३ अंकसहित दोस्रो स्थानमा पुगेको छ । एक खेलबाट ३ अंकको पोर्चुगल शीर्ष स्थानमा छ । १ अंकको उरुग्वे तेस्रो स्थानमा छ । 

आजै राति पोर्चुगल र उरुग्वे खेल्दैछन् । अन्तिम खेलमा पोर्चुगल र दक्षिण कोरिया भिड्ने भएकाले कोरियाको अर्को चरण प्रवेशको सम्भावना कम रहेको छ । 

कोरियाले पहिलो खेलमा उरुग्वेसँग १–१ गोलको बराबरी खेलेको थियो । अन्तिम समयमा कोरियाले प्रशिक्षक पाउलो बेन्टोलाई रेफ्रीले रातो कार्ड देखाएका थिए । योसँगै उनी पोर्चुगल विरुद्धको खेलमा टिममा रहने छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ