arrow

श्रीगणेशको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
rashifal-horoscope-5.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ मंसिर १३ गते मंगलबार, इस्वीसंवत नभेम्वर २९ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार मार्गशीर्षशुक्लपक्षको षष्ठी तिथि रहनेछ । नक्षत्रमा श्रवण, विष्कुम्भादि योगमा ध्रुव, करणमा तैतिल, आनन्दादि योगमा लुम्व रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । दिनमान २६ घटि १५ पला अर्थात १० घण्टा ४१ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३४ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०६ बजे हुनेछ । 

आजको राशिफल

मेषः आज तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्याउनु, बेलैमा होस पुर्याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।

वृषः आज मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउँमा नजानु नै बेस, तपाईंको काम विगार्नेतर्फ आफन्त, नजिकका नाता समेत लागि पर्ने छन्, आज खर्च सोचेभन्दा ज्यादा हुनेछ, मनमा तनाव, कुनै पनि काम छिटो-छिटो गर्छुभन्दा झन् ढिलो हुन जानेछ ।

मिथुनः आज नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसाय पेशामा संलग्न व्यक्तिलाई नोक्सान दिनेवाला रहेको छ, आकस्मिक चोर अथवा बदमास व्यक्तिबाट आक्रमणमा पर्न सकिने सम्भावना पनि त्यत्तिकै छ, एक्लै यात्रामा जानु ठीक छैन ।

कर्कटः आज घरमा कुनै धार्मिक कार्य, व्रत, पर्वको उत्सव मनाइने सम्भावना समेत रहेको छ, प्रेम सम्बन्ध बढ्न सक्ने अवस्था पनि आइपर्ला जस्तो छ । तपाइँ मनोरञ्जनपूर्ण कार्यमा सहभागी हुन सक्ने अवस्था रहेको छ, समग्रमा आज समय शुभ रहेकाले उपयोग गरेमा लाभ मिल्नेछ, धार्मिक यात्रा पनि सफल हुनेछ ।

सिंहः आज पनि स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता मिल्ने काममा लगानी गरिनेछ । आम्दानीका नयाँ स्रोत बढ्दै जानेछन्, जुन काम गर्ने विचार गर्नु भएको छ, सक्दो छिटो गर्नुहोस् सजिलैसंग पूरा हुनेछन् । आफ्नो बोली वचनको प्रभावले धेरै दिनदेखि रोकिएका काम बन्नेछन् ।

कन्याः आज आफन्त व्यक्तिले काम विगारीदिने सम्भावना बलियो रहेको छ । मानसिक चञ्चलता, कार्यक्रममा विघ्नबाधा, पेट अथवा कम्मर दुख्ने, वायू रोग, शूल, मन परेको खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार सुन्नुपर्नेछ । हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ । 

तुलाः आज यात्रा, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

वृश्चिकः आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेशा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । बोली वचनले नयाँ-नयाँ मित्र बढ्दै जानेछन् । जे काम गर्नुछ सुखैका साथ सम्पन्न हुनेछन् । 

धनुः आज एक्कासी स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसंग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज पूर्व दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । 

मकरः आज मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ ।

कुम्भः आज पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन्, अत्यन्तै सतर्क हुनुहोला ।

मीनः आज नवीन कार्यको विचार विमर्श आर्थिक तथा शारीरिक स्थिति राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ, भरपूर उपयोग गर्नुहोला ।

साइतः सूर्य वृश्चिक चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः१९ बजेदेखि      ०७ः४१ बजेसम्म    रोग बेला
बिहान ०७ः४१ बजेदेखि      ०९ः०३ बजेसम्म     उद्वेग बेला
बिहान ०९ः०३ बजेदेखि      १०ः२५ बजेसम्म     चर बेला
बिहान १०ः२५ बजेदेखि       ११ः४७ बजेसम्म    लाभ बेला
बिहानमा ११ः४७ बजेदेखि       १ः०९ बजेसम्म   अमृत बेला
दिनमा १ः०९ बजेदेखि        २ः३१ बजेसम्म      काल बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५३ बजेसम्म     शुभ बेला
साँझ ३ः५३ बजेदेखि        ५ः१५ बजेसम्म     रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)

मंसिर महिनाको राशिफल हेरौं



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ