arrow

उरुग्वेलाई हराएको पोर्चुगलको ६ अङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
portugle-team.jpg

काठमाडौं । कतार विश्वकपमा पोर्चुगलले उरुग्वेलाई २-० गोलले हराएको छ । समूह एच अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा सोमबार राति भएको खेलमा पोर्चुगल विजयी भएको हो । 

पोर्चुगललाई जिताउन दुवै गोल ब्रुनो फर्नान्डेसले गरे।  जितसँगै  ६ अङ्क बनाएको पोर्चुगल  समूह एच को शीर्षस्थानमा छ । 

योसँगै पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ ।  लगातार दोस्रो जित निकालेको पोर्चुगल एक खेल अगावै नकआउट चरणमा पुगेको हो । 

यसअघि पहिलो खेलमा पोर्चुगलले घानालाई ३-२ गोलले पराजित गरेको थियो ।  दोस्रो स्थानमा रहेको घानाको तीन अङ्क छ । सोमबार नै भएको खेलमा घानाले दक्षिण कोरियालाई ३-२ गोलले हराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ