arrow

कांग्रेसका सहमहामन्त्रीले हारे, एमालेका सचिवले झिनो मतले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
dhanusa-4.jpg

धनुषा । धनुषा ४ मा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् । 

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १२४ मतको झिनो अन्तरले पराजित गर्दै महासेठ विजयी भएका हुन् ।

महासेठले ३२ हजार २३६ मतसहित विजयी भएका हुन् । कांग्रेसका सह महामन्त्रीसमेत रहेका यादवले ३२ हजार ११२ मत मत पाएका छन् । 

जनता समाजवादी पार्टी, नेपाल महाजन यादव ५ हजार २१२ मत सहित तेस्रो स्थानमा रहे । 

महासेठ एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र हुन्। 

२०७० सालको निर्वाचनमा हारेका महासेठ २०७४ सालमा धनुषा ४ मा वाम गठबन्धनको उम्मेदवार भएर चुनाव जितेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ