arrow

उदयपुर–१ मा मतगणना पुनः शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
udayapur-1-narayan-khadka-manju-kumari-chaudhary.jpg

उदयपुर । उदयपुर १ को मतगणना पुनः शुरु भएको छ । सो क्षेत्रको मतगणना तीन दिनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना शुरु गरिएको हो ।

गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र सङ्घको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङकानुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो ।

नेकपा एमालेसहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ