arrow

न्याय माग्दै सर्वोच्च अगाडि रङ फालेर विरोध [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
fight-against-women-violence.jpg

काठमाडौं । अदालतबाट पनि न्यायको प्रत्याभूति नभएपछि राज्यको ध्यानाकर्षण गर्नका सिराहाकी बिनु यादवले सर्वोच्च अदालत अगाडि रङ फालेर विरोध प्रदर्शन गरेकी छिन् । 

आज बिहान कार्यालय खुल्नासाथ सेतो कपडामा आएकी उनले ट्याक्सीबाट ओर्लेर रङ घोलिएको पानी सर्वोच्चको गेटमा फ्याँकेर न्याय चाहियो भन्दै चिच्याएकी थिइन् । उनलाई सर्वोच्च अगाडि रङ फालेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । 

उनी आफ्नो श्रीमानबाट हिंसामा परेको भन्दै न्यायका लागि संघर्षरत छिन् । उनले केही समयअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । बिनुको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधीन छ । 

उनले काका ससुरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको आरोपसमेत लगाएकी छिन् । 

यादवको उजुरीमा प्रहरीले कठायतलाई पक्राउ गरे पनि पछि रिहा गरेको थियो ।

_protest_Supreme_court_ (1).JPG
न्याय चाहियो
_protest_Supreme_court_ (2).JPG
_protest_Supreme_court_ (3).JPG
_protest_Supreme_court_ (4).JPG
_protest_Supreme_court_ (5).JPG
_protest_Supreme_court_ (6).JPG
_protest_Supreme_court_ (7).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ