arrow

विश्वकप फुटबलमा आज समूह ए र बीबाट अन्तिम १६ को टुङ्गो लाग्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
qatar-worldcup-2022.jpg

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदैछन् । आजबाट समूह चरण अन्तर्गतको अन्तिम चरणका खेलहरु हुँदेछन् । 

आजका खेलबाट समूह ‘ए’ र समूह ‘बी’ बाट अन्तिम १६ (राउन्ड अफ सिक्सटिन) मा पुग्ने टिमको टुङ्गो लाग्नेछ । समूह ए बाट राति ८ः४५ बजे एकै समयमा इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुँदैछ ।  

दुई चरणको खेलबाट कतार अंकविहीन हुँदै बाहिरिएको छ भने चार अंकका नेदरल्याण्ड्स र इक्वेडर तथा ३ अंकको सेनेगल अन्तिम १६ को होडमा छन् । 

इक्वेडर र सेनेगलको विजेता अन्तिम १६ मा पुग्नेछ भने नेदरल्याण्ड्सले बराबरी गरे पनि काफी हुनेछ । या इक्वेडर विजयी भए नेदरल्याण्ड्स पराजित हुँदा पनि अन्तिम १६ मा पुग्नेछ । 

यसबाट नेदरल्याण्ड्सको अन्तिम १६ को स्थान पक्काजस्तै देखिएको छ । सेनेगल र इक्वेडरमध्ये एक टिम बाहिरिने छ । 

राति १२ः४५ बजे एकै समयमा हुने दुई खेलमा समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इङ्गल्याण्ड भिड्ने छन् । 

चार वटै टिमको अन्तिम १६ को सम्भावना कायमै रहेकाले यी दुई खेल निकै नै महत्वपूर्ण रहेका छन् । इङ्गल्याण्डको ४, इरानको ३, अमेरिकाको २ तथा वेल्सको १ अंक छ । 
इङ्गल्याण्डको ४ अंक रहेको र गोलअन्तर पनि राम्रो रहेका कारण वेल्ससँग पराजित हुँदा पनि इङ्गल्याण्ड नै अन्तिम १६ मा पुग्ने देखिन्छ । 

इङ्गल्याण्ड बाहिरिनका लागि वेल्सले इङ्गल्याण्डलाई ६ गोलको अन्तरले पराजित गर्नुपर्ने हुन्छ । त्यस्तै इरान र अमेरिकाबीचको विजेता अन्तिम १६ मा पुग्नेछ । 

खेल बराबरीमा सकिए इरानले मौका पाउने छ भने अमेरिका बाहिरिने छ ।  

यस खेलहरुबाट समूह ’बी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ