arrow

रोमाञ्चक बन्दै समूह चरणका अन्तिम खेलहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
qatar-world-cup-2022.png
तस्बिर – फाइल ।

काठमाडौं । कतारमा जारी पुरुष विश्वकप फुटबल अन्तर्गत आज दुई समूहका अन्तिम खेलहरू हुँदैछन् । समूह ‘ए’ मा इक्वेडर र सेनेगल भिड्दै छन् भने नेदरल्याण्ड्सले आयोजक कतारको सामना गर्दैछ । त्यसैगरी समूह ‘बी’ मा इरान र अमेरिका बीचको खेल हुनेछ भने वेल्स र इङ्गल्याण्ड भिड्दै छन् ।
समूह एको टोलीमा आयोजक कतार विश्वकपबाट बाहिरिएको छ भने बाँकी तीन टोलीको राउण्ड अफ सिक्सटिन पुग्ने सम्भावना जीवित रहेको छ । नेदरल्याण्ड्सलाई माथि उक्लिन १ अङ्कको आवश्यकता रहेको छ । कतारसँग जित वा बराबरी नै डच टोलीलाई अर्को चरणमा पुग्न पर्याप्त रहने छ ।

उक्त समूहमा दुई खेलमा नेदरल्याण्ड्स र इक्वेडर ४(४ अङ्कसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् भने सेनेगल ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । कतारले कुनै पनि अङ्क प्राप्त गरेको छैन ।

समूह एमै इक्वेडरलाई पनि सेनेगलविरुद्ध १ अङ्क चाहिएको छ भने सेनेगललाई जीत नै आवश्यक रहेको छ । इक्वेडर र सेनेगल बीचको खेल रोमाञ्चक हुने निश्चित रहेको छ । कतारले नेदरल्याण्ड्सलाई ६ गोलको अन्तरले पराजित गर्दा इक्वेडर र सेनेगलको खेल बराबरीमा टुङ्गिएमा नेदरल्याण्डस बाहिरिने छ ।

समूह बीमा अमेरिकाले इरानको सामना गर्दै छ । उक्त समूहमा दुई खेलमा अमेरिका २ अङ्क र इरान ३ अङ्कसहित तालिकाको तेस्रो र दोस्रो स्थानमा रहेका छन् । त्यसैगरी इङ्गल्याण्ड ४ अङ्कसहित पहिलो स्थानमा रहेको छ भने वेल्स एक अङ्कसहित चौथो स्थानमा रहेको छ ।

समूह बीमा कुन पनि टोली दोस्रो चरणमा जान्छ भनेर यकिन गर्न सक्नै स्थिति छैन । इङ्गल्याण्डलाई १ अङ्क चाहिएको छ भने इरानलाई पनि उक्त १ अङ्कले दोस्रो चरणमा पुर्‍याउँछ । यदि वेल्ससँ इङ्गल्याण्ड पराजित भएमा इरानलाई जित्नै पर्ने हुन्छ । दोस्रो चरणमा पुग्न अमेरिकाले इरानलाई पराजित गर्नु पर्नेछ ।

दुवै समूहका खेलहरू रोमाञ्चक हुने छन् । समूह एको खेल नेपाली समय अनुसार राति ८स्४५मा शुरु हुनेछ भने समूह बीको खेल राति ००स्४५ मा शुरु हुने छ । समूह चरणको अन्तिम खेल भएका हुनाले दुवै खेल एकै समयमा हुनेछन् ।

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ