arrow

नेकपा एसका मन्त्री महतोलाई हराउँदै एमालेका महतो विजयी 

logo
निरञ्जन साह,
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
harinarayan-mahato.jpg

जनकपुरधाम। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेकपा एमालेका हरिनारायण महतो विजयी भएका छन् । मधेस प्रदेशका बहालवाला मन्त्रीसमेत रहेका नेकपा एसका शत्रुधन महतोलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा हरिनारायण विजयी भएका छन् ।

०६४ सालदेखिका सबै निर्वाचन जित्दै आएका शत्रुधन महतो यसपटक भने पराजित भएका हुन् । हरिनारायणले १७ हजार ३०२ मत प्राप्त गर्दा शत्रुधनले १५ हजार ९६० मत प्राप्त गरेका छन् । 

मतगणनाको शुरुदेखि नै अग्रता बनाउँदै हरिनारायणले १ हजार ३४२ मतान्तरले जित हासिल गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ