arrow

इङ्गल्याण्ड र वेल्स दुवै देशमा क्रिश्चियन बने अल्पसंख्यक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
england-wales-christian-minority.jpg

काठमाडौं । २०२१ को जनगणना अनुसार इङ्गल्याण्ड र वेल्स अल्पसंख्यक क्रिश्चियन देश बनेका छन् । यसै जनगणना अनुसार लेस्टर र बर्मिङ्घम भने  'अल्पसंख्यक बहुसंख्यक' भएको यूकेका पहिलो शहर बनेका छन् ।

जनगणनाले क्रिश्चियनरूको संख्यामा ५५ लाखको गिरावट र इस्लाम (मुस्लिम धर्म) लाई अनुशरण गर्ने मानिसहरूको संख्यामा ४४ प्रतिशतको वृद्धि भएको देखाएको छ । 

इङ्गल्याण्ड र वेल्सको जनगणनामा आधाभन्दा कम जनसंख्याले आफूलाई 'क्रिश्चियन' भनी वर्णन गरेको यो पहिलो पटक हो।

यसैबीच ३७.२ प्रतिशत, २ करोड २२ लाख मानिसहरुले आफ्नो कुनै धर्म नभएको घोषणा गरेका छन् । क्रिश्चियन धर्म अँगाल्नेपछिको यो दोस्रो ठूलो समूह हो । विगतको २० वर्षमा कुनै पनि धर्म नमान्ने मानिसको अनुपात १४.८ प्रतिशतबाट बढेर यति पुगेको हो ।

२०२१ को मार्च २१ मा करिब ६ करोड मानिसहरुबीच भएको जातीय, धर्म र भाषाको जनगणनाका आधारमा इङ्गल्याण्ड र वेल्सका सम्पूर्ण शहरहरूमा धर्ममा कमी र अल्पसंख्यक जातीय जनसंख्याको उदय भएको हो ।

यी दुई देशहरूमा गैर ब्रिटिशहरू सहित ८१.७ प्रतिशत जनसंख्या  गोराहरुको रहेको छ जुन सन् २०११ को ८६ प्रतिशत भन्दा कम हो ।

यस्तै एसियाई ब्रिटिशको जनसंख्या ७.५ प्रतिशतबाट बढेर ९.३ प्रतिशत पुगेको छ । यस्तै २.५ प्रतिशत काला जाति र १.६ प्रतिशत अन्य जाति रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ