arrow

संचारमन्त्री कार्की अघिअघि, कुसियैत पछिपछि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
sunsari-4.jpg

सुनसरी । सुनसरी ४ मा नेपाली कांग्रेसका नेता एवं संचारमन्त्री ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाएका छन् । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि शुरु भएकोमा कार्कीले अग्रता बढाएका हुन् ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ६८६ मत ल्याएका छन् । एमालेका जगदिश कुसियैतले २३ हजार ५२६ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १६० रहेको छ ।

अन्य उम्मेदवारहरु भने निकै पछि छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ८९० मत पाएका छन् भने राप्रपाका विद्यानन्द यादवले २ हजार ३५७ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ