arrow

विजय गच्छदारको विरासत ढल्यो, भगवती चौधरीले खोसिन् पद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
sunsari-3.jpg

सुनसरी । प्रतिनिधि सभाको सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन् । ४० हजार सात सय ८८ मत प्राप्त गर्दै चौधरी निर्वाचित भएकी हुन् । 

उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । गच्छदारले ३५ हजार छ सय मत प्राप्त गरे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गरे ।

यसअघि २०७४ सालको निर्वाचनमा गच्छदारले चौधरीलाई ३ सय ८१ मतले पराजित गर्दै निर्वाचित भएका थिए । 

गच्छदारले त्यसबेला ३८ हजार ९७२ मत प्राप्त गरेका थिए ।

हारसँगै गच्छदारको विरासत पनि ढलेको छ । ३१ वर्षदेखि उनी निरन्तर संसदीय निर्वाचनमा अपराजित रहँदै आएका थिए । उनी २०४८ सालदेखिका सबै निर्वाचन जित्दै ६ जितको कीर्तिमान बनाइसकेका थिए । 

सातौं कीर्तिमान बनाउन चुके । उनी सबैभन्दा बढी मन्त्री हुनेमा गनिन्छन् । तर पहिलो पटक गच्छदार बहुदल आएपछि संसदमा जानबाट बञ्चित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ