arrow

नेदरल्याण्ड्स र सेनेगल विश्वकपको अन्तिम १६ मा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
qatar-worldcup-groupa.jpg

काठमाडौं । नेदरल्याण्ड्स र सेनेगल कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार राति भएको समूह ए को खेलपछि नेदरल्याण्ड्स र सेनेगल अन्तिम १६ मा पुगेका हुन् । 

अन्तिम खेलमा नेदरल्याण्ड्सले आयोजक कतारलाई २–० ले हरायो भने सेनेगलले इक्वेडरलाई २–१ ले पराजित गर्यो । 

यो खेलसँगै नेदरल्याण्ड्स ७ अंकसहित समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको हो । त्यस्तै सेनेगल ६ अंकसहित समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको हो । 

इक्वेडर ४ अंकसहित तेस्रो स्थानमा रहेर कतार विश्वकपबाट बाहिरिएको छ । आयोजक कतार भने अंकविहीन रहँदै विश्वकपको पहिलो सहभागीतालाई बिट मारेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ