arrow

एमालेकी चौधरीलाई हराउँदै परराष्ट्रमन्त्री खड्काले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
udayapur-1-narayan-khadka-manju-kumari-chaudhary.jpg

काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ मा परराष्ट्रमन्त्री नारायण खड्का विजयी भएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु कुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै खड्का विजयी भएका हुन्  । 

कांग्रेसका उम्मेदवार खड्का ३१ हजार २७० मतका साथ विजयी हुँदा एमालेकी चौधरी ले२८ हजार ८९१ मत प्राप्त गरिन्  । 

यस क्षेत्रमा  ०६४ यता खड्काले लगातार जित्दै आएका छन् ।  यो उनको चौथो जित हो । 

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझीले तेस्रो स्थान प्राप्त गरे । यस क्षेत्रमा १६ जनाले प्रतिस्पर्धा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ